चितवनको भरतपुरमा गत आर्थिक बर्षको राजश्व संकलन २२ अर्ब

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १६:३२

चितवन ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ । आव २०७४.७५ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको राससले जनाएको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९।१८ प्रतिशत प्रगति भएको छ ।

आय करतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*