मकवानपुरको ज्यामिरेमा खोलाले अटो बगायो
मकवानपुर, ०७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा खोलाले अटो बगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी ५ ज्यामिरेस्थित खोला तर्ने क्रममा आईतबार अटोलाई खोलाले बगाएको हो ।
भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने टिकाराम स्याङतानले आफ्नो ना १ ह ८३३३ नम्बरको अटोमा ३ जना यात्रु लिई गढी गाउँपालिका ५ बाट हेटौडा तर्फ आउने क्रममा खोला तर्दा लेउमा चिप्लेर अटो खोलामा खसेको बताइएको छ ।
अटोमा सवार यात्रु र चालक हामफालीले सुरक्षित रहन सफल भएको र अटोलाई खोलाले बगाएको बताइएको छ ।
