डा.केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका पुर्वराष्ट्रपति यादवले के भने ?
काठमाडौँ, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग राखी अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पूर्वराष्ट्रपति डा.रामवरण यादव शिक्षण अस्पताल पुगी पुगेका छन् ।
डा.केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरे ।
जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा.केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बसेका डा. केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।
