वी.पी. स्मृति दिवसको अवसरपारी मकरीमा काँग्रेसको वडा कार्यालय उद्घाटन र बृक्षारोपण

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १६:१८

मकवानपुर ७ साउन । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी।पी। कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शाताब्यापी कार्यक्रम अन्र्तगतको तेश्रोदिन मनहरी गाउँपालिका १ मकरीमा सोमबार काँग्रेसको वडा कार्यालय उद्घाटन तथा बृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेस मनहरी गाउँपालिकाका नेता तुलाप्रसाद पाण्डेको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा वडा कार्यालय उद्घाटन तथा बृक्षारोपण गरिएको हो ।
प्रमूख अतिथि बानियाँ, जिल्ला सदस्य रघुनाथ अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवप्रसाद खनालले जननायक वी।पी।ले पार्टी, देश र जनताप्रति गर्नुभएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु अमृता थापामगर, अर्जुन तिवारी , बलराम प्रजा, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल अधिकारी, क्षेत्रीय सभापति लोक मोक्तान, हेटौंडा नगर कोषाध्यक्ष कविन सांगामी, गाउँपालिका अध्यक्ष प्रत्यासी शंकर न्यौपाने, वडा सदस्यहरु अक्कलबहादुर थिङ, नवराज पौडेल, सोमलाल सिं प्रजा, सावित्री घिमिरे, तरुण वडा अध्यक्ष सानुकान्छा घलानलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*