टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू, टिप्परमा आगजनी
काभ्रे, ०७ साउन । टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले टिप्परमा आगजनी गरी चक्का जाम गरेका छन् ।
काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिचान नभएका चालकको मृत्यूपश्चात टिप्परले ब्याक गरेर मारेको भन्दै स्थानीयले टिप्पर जलाइदिएका हुन् ।
