समाचार
नक्सापास नगरेपनि मापदण्ड पूरा गरेका घरलाई अनुगमन पश्चात प्रमाणपत्र दिइने
बुटवल, ११ साउन । बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ । नक्सा पास नगरेका र पास भएको नक्सालाई स्वीकृत नगराई निर्माण भएका घरलाई प्राविधिक अध्ययन गरी प्रमाणपत्र दिइनेछ । नक्सा पास नगरी र पास भएको नक्साको स्वीकृती...
आज चन्द्रग्रहण लाग्ने
काठमाडौं ११ साउन । शुक्रबार मध्यरातमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिनेछ। वरिष्ठ खगोलविद् जयन्त आचार्यले शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, यो ग्रहण शताब्दीमै सबैभन्दा लामो...
मधेशमा नागरिकता विवाद , प्रदेश सरकारको निर्णयलाई प्रजिअको चुनौती
काठमाडौँ ११ साउन। संघीयता कार्यन्वयनकै चरणमा रहेका बेला प्रदेश र केन्द्र सरकारबीच विभिन्न मुद्दामा विवाद देखिएका छन् । यस्तो विवाद दुई नम्बर प्रदेश सरकार र केन्द्रबीच बढी देखिएको छ । हालै मात्र प्रदेश २ को सरकार र केन्द सरकारबीच नयाँ विवाद सतहमा आएको छ । प्रदेश सरकारको सर्कुलरलाई गृहमन्त्रालय...
डा. केसीसंगको वार्ता भाड्न काँग्रेसीहरु रातभर सुतेनन् : नेकपा
काठमाण्डौ ११ साउन । नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुले आफुहरुको ठूलो प्रयासका कारण डा. गाविन्द केसीसंग सहभति भएको बताएका छन् । काँग्रेसले षडयन्त्र गरेर वार्ता भाड्न गरेको प्रयास असफल पार्दै आफुहरुले ९ बुँदे सहमतीमा वार्ता सहमति गराएको उनीहरुको भनाई छ । नेकपा संसदीय दलको आज शुक्रबार भएको बैठकमा यसबारे...
आज गुरु पूर्णिमा मकवानपुरमा पनि मनाइदै
मकवानपुर ११ साउन । आज आषाढ शुक्ल पूर्णिमाको दिन देशैमरका मानिसहरुले आफुलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव राखी गुरु पूर्णिमा मनाईदै छ । आजको दिनमा शिक्षा, संगीत र खेलकुद लगाएतका विभिन्न क्षेत्रका गुरुहरुलाई श्रद्धाभाव राख्दै चेलाहरुले उपहार दिने प्रचलन रहेको छ । गुरु पूर्णिमा मकवानपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना...
बोहराको कारण अश्मिता र रामबाबुको प्रेम सम्बन्ध छुट्यो
मकवानपुर ११ साउन । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत घायल मुटु बोलको रहेको छ ।...
अनसनरत डा. केसी र सरकार पक्षबीच वार्ता सफल, अनसन तोडियो
काठमाडौँ । २७ दिनदेखि अनसन बस्दै आएका डा. गोविन्द केसीले विहिबार राति अनसन तोडेका छन् । २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा केसीको...
पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रका संचालकहरुले भने – हामीमाथि अन्याय भयो
मकवानपुर । हिजो दर्ता अनुमति नलिई पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्र चलाएको लगायतका संगीन आरोप लगाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रका संचालकहरुले यथार्थ सार्वजनिक गर्न आज बिहीबार साँझ पत्रकारहरुसँग भेटघाट गरेका छन् । पत्रकारहरुसँग भेटघाटका क्रममा ती संचालकहरुले वास्तविकता...
हेटौँडाको संगम चोकमा हिँडिरहेकी १० वर्षीया बालिका बलात्कृत, बलात्कारी कष्टडीमा
मकवानपुर, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा एक बालिकालाई रातिको समयमा जबरजस्ती करणी गर्ने एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा १८ बस्ने २५ वर्षीय बिक्रम बोगटीलाई पक्राउ गरेको हो । उनले बुधबार राति...
रेडियो अनमोलको ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु, ३ जनालाई रोजगारीको व्यवस्था
मकवानपुर, १० साउन । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले बिहीबारबाट हेटौँडामा ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु गरेको छ । तालिमको आज एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न...










