समाचार
अटो रिक्सा व्यवसायी र भरतपुर महानगरपालिकाबीच भयो ५ बुँदे सहमति
चितवन १० साउन । अटो रिक्सा चालक तथा भरतपुर महानगरपालिकाबीच ५ बुँदे सहमती भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि अटो तथा रिक्सा व्यवसायीहरु केहि दिन अधिदेखि आन्दोलनरत थिए । भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा...
रसुवामा गएराति गएको पहिरोको कारण ४ को मृत्यू २ बेपत्ता
रसुवा १० साउन । अविरल बर्षाका कारण बुधबार राति रसुवाको टिमुरेमा पहिरो जाँदा ४ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् । सोहि पहिरो खस्दा तीन वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। होटलमा बसेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका श्याम श्रेष्ठ ४२, रेशम खड्का ३७,...
शेरबहादुर तामाङको राजिनामापछि कानुनमन्त्रीमा ढकाल,पाखरेल र नम्वाङको चर्चा
काठमाडौं १० साउन । तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । आजको नयाँ पत्रिकामा छापिएको समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल,...
मकवानपुरका सिडिओ चक्रबहादुर बुढाको सरुवा, अब आस्मान तामाङ आउने
मकवानपुर १० साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सरुवा भएको छ उनको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुले जानकारी दिएको छ । । सिडिओ बुढाले मकवानपुरमा नौ महिना मकवानपुरको प्रजिअ भई कार्यभार सम्हालेका थिए । स्रोतका अनुसार मकवानपुरमा भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी...
मिसेस मकवानपुरको प्रशिक्षण शुरु
मकवानपुर १० साउन । मिसेस मकवानपुर २०१८ प्रतियोगितामा सहभागीहरुका लागि बुधबारबाट प्रशिक्षण शुरु गरिएको छ । हेटौंडा लेडी जेसिसले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका ११ जना विवाहित महिला प्रतिस्पर्धी रहेका छन् । २० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा लेडी जेसिसकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्य तथा वर्तमान अध्यक्ष अस्मिता...
हेटौँडाको सगरमाथादेखि ग्रेस एजुकेशन लगायतका ६ वटा शैक्षिक संस्थाका संचालकहरु पक्राउ
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडामा प्रकृया पुरा नगरी संचालन भएको भन्दै ६ वटा शैक्षिक संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–४ मा अवस्थित जापानिज भाषा पढाउने ह्यान्ड्स् फर हेल्प एजुकेशन माईग्रेसन सेन्टर (Hands for help Education migration center) का संचालक हेटौडा–२ बस्ने बर्ष २९ को अरुण...
हेटौँडा रातोमाटे जंगलमा एक पुरुषद्वारा झुण्डिएर आत्माहत्या, शवको पहिचान हुन सकेन
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ रातोमाटे स्थित जंगलमा एक अज्ञात पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । मंगलबार करिब मध्यान्ह १२ बजेको समयमा जंगलमा रहेको क्यामुनाको रुखमा झुण्डिएर मृत्यू भएको अवस्थामा अन्दाजी ३४–३५ बर्षको पुरुष फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिचान...
मनहरीको महेन्द्र किरण माविमा अब बाली विज्ञान पढाई हुने
मकवानपुर, ०९ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा बाली विज्ञान विषय पढाई हुने भएको छ । प्राविधिक शिक्षा संचालनका लागि सिटीईभिटीले अनुमती दिएसंगै बाली विज्ञान अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । महेन्द्र...
मिसेस मकवानपुरको प्रशिक्षण हेटौँडामा शुरु, ११ जना विवाहित महिला सहभागी
मकवानपुर, ०९ साउन । मिसेस मकवानपुर २०१८ प्रतियोगितामा सहभागीहरुका लागि बुधबारबाट हेटौँडामा प्रशिक्षण शुरु भएको छ । हेटौंडा लेडी जेसिसले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका ११ जना विवाहित महिलाहरु प्रतिस्पर्धाका लागि सहभागी भएका छन् । २० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा लेडी जेसिसकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्य तथा...
चुरियामाई रातोमाटेमा श–शक्ति टोल विकास संस्थाले गर्यो सरसफाई
मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई रातोमाटेमा श–शक्ति टोल विकास संस्थाले आ–आफ्नो टोलहरुमा सरसफाई गरेको छ । रातोमाटेको सिमसार टोल, प्रगति टोल र शान्ति टोलको सँयुक्त रुपमा गठित श–शक्ति टोल विकास संस्थाले वैधानिकता प्राप्त गरे लगत्तै आफ्नो मातहतको टोलहरुमा सर–सफाई कार्यक्रम गर्ने भनी निर्णय...









