जाजरकोटमा पहिरोमा परि ३ बालवालिकाको मृत्यु, थप विवरण आउँदै

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार ०९:४९

मकवानपुर २० साउन । गएरातिको अविरल बर्षाका कारण जाजरकोटको सदरमुकाम खलंगामा पहिरो जाँदा २ वटा घर पुरिएका छन् । पहिरोकै कारण ३ बालवालिकाको मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मृतकको नाम भने खुल्न सकेको छैन। पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बोहोराको घरमा पुरिएका तीन बालबालिकाको शव बाहिर निकालिएको हो ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*