न्यायालय कब्जा गर्न खोजियो
काठमाडौँ । दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेसले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ ।
आजको अन्नपूर्ण पोष्ट मा प्रकाशित समाचार अनुसार, दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शानिबार काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले दुईतिहाइको बलमा गरेको निर्णयलाई संसद, सडकहुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले जोशी प्रकरणमा प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको अन्नपूर्ण दैनिक ले लेखेको छ ।
