समाचार
प्राधिकरणका हाकिम साहेबको ध्यान कता ? बिद्युत नहुँदा दामन स्वास्थ्य केन्द्रको हरिबिजोक छ यता !
बलराम पुडासैनी मकवानपुर १० साउन । नेपाल बिद्युत प्राधिकरण पालुङ साखाको चरम हेपाहा स्वभावका कारण मकवानपुरको उत्तरी क्षेत्रस्तिथ दामन सहरी स्वास्थ्य केन्द्रमा बिद्युत विस्तार हुन सकेको छैन । जसका कारण स्वास्थ्य केन्द्र संचालनमा समेत समस्या भएको छ । स्वास्थ्य केन्द्रले पटक पटक विद्युत विस्तार गरीदिनको लागि निवेदन पेश गर्दा...
डा. केसी र सरकारबीचको वार्ता सहमति मा टुङ्गियो, केसीको १५ औं अनसन पनि तोडिँदै
मकवानपुर १० साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सहमती भएको छ । काठमाण्डौका सञ्चारमाध्यमहरुका अनुसार ९ बुँदे सहमतीमा वार्ता टुङगीएको र अनसन तोड्ने तयारी भईरहेको छ । सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा...
सुन जस्तो देखिने धातु सहित युवक पक्राउ
काठमाडौं, १० साउन । ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने ओखलढुङ्गा नरमदेश्वर–३ का २८ वर्षीय कालिदाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका यात्रुहरुले भन्सार छली ल्याएको सुन जस्तो देखिने १ सय ४९ ग्रामको बाला ३ थान संकलन गरी लैजान लागेको अवस्थामा बुधबार पक्राउ...
लागुऔषध सहित ३ जना पक्राउ
काठमाडौं, १० साउन । बाँकेको नेपालगंज उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय मोहसिम शाह सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतको रूपडियाबाट नेपालगंज आउँदै गरेका उनीहरुलाई सोही उपमहानगरपालिका–१५ बाट उक्त लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । त्यस्तै सर्लाहीको हरीपुर नगरपालिका–९ पिडारीस्थित...
मकवानपुर प्रहरीद्वारा ७६ थान मोबाईल फेला पारी धनीलाई फिर्ता
मकवानपुर, १० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापा सहितको विशेष टोलीले बिभिन्न मितिमा हराएका मोबाईलहरु फेला पारी जिल्ला मोबाईल धनीलाई फिर्ता गरेको छ । मोबाईल हराएको भनी परेको निवेदनका आधारमा गएको ३ महिनामा विभिन्न कम्पनीको ७६ वटा मोबाईल फेला पारी धनीलाई फिर्ता दिएको प्रहरीले जनाएको...
विभिन्न पार्टी परित्याग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश
मकवानपुर १० साउन । नेपाली कांग्रेस मनहरी गाउँपालिका ३ हाँडीखोलाको वडा भेला भएको छ । वडा भेलामा विभिन्न पार्टी परित्याँग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ३ नम्बर वडा सभापति रघुनाथ खतिवडाको सभाध्यक्षता एवं जिल्ला सचिव बुद्ध लामाको प्रमूख अतिथ्यतामा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी...
भरतपुर महानगरको सिटीहल निर्माण प्रक्रिया शुरु
चितवन, १० साउन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताए । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको...
जुनसुकै बेला अचेत हुने अवस्थामा डाक्टर केसी, सरकार कठोर बन्दै मौन अवस्थामा
काठमाडौं, १० साउन । डाक्टर गोविन्द केसीको अवस्था झन–झन नाजुक हुँदै गएको छ । १५ औं अनसन थालेको २७ दिन पुगिसकेको अवस्थामा उनको अवस्था निकै नै गम्भिर रहेको चिकित्सकहरुले बताउँदा पनि सरकारले वार्ता गर्ने र उनको मागको सम्बोधन गर्ने तारतम्य मिलाएको छैन । जुम्लामा अनसन बसेका डा केसीलाई सुविधा...
अनलाईन मिडियामा ध्रुव अधिकारीको इन्ट्री, हेटौँडाबाट अनलाइन मिडियामा विश्वास बढाउने घोषणा
मकवानपुर, १० साउन । करिब डेढ दशकदेखि मकवानपुरको चर्चित छापा माध्यममा सम्पादकको जिम्मेवारीमा रही राष्ट्रिय मिडियामा समेत कार्यरत रहेका मकवानपुरे पत्रकार ध्रुव अधिकारीले अनलाईन मिडियामा इन्ट्री गरेका छन् । आइटीआई मिडिया प्रालीद्वारा सञ्चालित भूगोल न्यूज डटकमको सम्पादकमा बिहीबार नियुक्ति भएसँगै उनले अनलाईन मिडियाको यात्रा सुरु गरेका हुन् । सम्पादक...
डा. केसीको समर्थनमा शान्तिपूर्ण पदयात्रा गर्नेलाई पनि सरकारले छोडेन
काठमाडौँ, १० साउन । विभिन्न माग राखी २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई समेत सरकारले धरपकड गर्ने शैली अपनाएको छ । डाक्टर केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्याली गर्ने तयारी गरिरहेको टोलीलाई सुरु हुन नपाउँदै प्रहरीले हस्तक्षेप गर्दै...









