मयुरीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं २० साउन । सर्लाहिको ईश्वरपुर नगरपालिका ६ खुबलाल टोलस्थित सडकमा मयूरीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना १ ह २७४८ नम्बरको मयुरी शनिबार अनियन्त्रित भई सडक छेउमा बसिरहेकी सोही ठाउँ बस्ने राजेश महतोकी २ वर्षीया छोरी शिवानीकुमारी महतोलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मयुरीमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया सितादेवी राम घाइते भएकाले उपचारको लागि स्थानीय मेडिकल बयलवासतर्फ पठाइएको छ । मयुरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको जानकारी छ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका १६ हकुई चोकमा युपी ५६ डब्लु ४००९ नम्बरको मोटरसाइकलले शनिबार बाख्रालाई ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार भारत महाराजगंज निचरौल बस्ने ६० बर्षीया शान्तीदेबी कसौधनको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।
