बालाजु औधोगिक क्षेत्रभित्र एकजना मृत अवस्थामा फेला
काठमाडौं २० साउन । काठमाडौं महानगरपालिका १६ बालाजु औद्योगिक क्षेत्रभित्र एक जना मृत अवस्थामा फेला परेका छन् । नाम, थर, समेत नखुलेका करीव ४० बर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका हुन् ।
स्याङ्जा वालिङ नगरपालिका १२ घोसेर बस्ने पर्वत पयूँ गाउँपालिका५ का ५७ वर्षीय खगेस्वर न्यौपाने घरदेखि करीब ४ सय मिटर पर खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सरोज सोही ठाउँ बस्ने १९ बर्षीय गोविन्द रोकाया र १५ बर्षीय प्रताप नेपालीसँग नाचगान गर्न गएको भन्ने बुझिएकोले गोविन्द र प्रतापलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
