सुनसरीका शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
काठमाडौं २० साउन । सुनसरी इनरुवा नगरपालिका २ का १८ बर्षीय प्रेम शर्माको पौडी खेल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको छ । कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
त्यसैगरी बारा सिम्रनगढ नगरपालिका १० देवापुर बस्ने शक्ती यादबकी ३ वर्षीया छोरी दिपीकाकुमारी यादवको आफ्नै घर पछाडि खेल्ने क्रममा नजिकैको दुधिया खोलामा खस्दा डुबेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
