नेकपा मकवानपुरमा श्रीधर पोखरेल अध्यक्ष र बलराम बल दोस्रो बरियताको नेता हुने
मकवानपुर २० साउन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र बलराम बल दोस्रो बरियताको नेता हुने निश्चित भएको नेकपा स्रोतको दाबी छ ।
नेकपा एमालेकी तत्कालिन जिल्ला अध्यक्ष मुनु सिग्देल र माओवादी केन्द्रका तत्कालिन जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको चर्चा आन्तरीक छलफलमा भएतापनि सिग्देल र पुलामी दुबै सांसद रहेका कारण जिल्लाको नेतृत्वमा उनीहरुको संभावना नरहको नेकपा स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी चर्चामै रहेकी तत्कालिन माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज कुमारी मोक्तान पनि सांसद रहेकी छिन् । आन्तरीक छलफलछमा जुटेका एक नेता तु खबरलाई दिएको जानकारी अनुसार मकवानपुरमा हाल अध्यक्ष पदमा सिग्देल र पुलामी पछिको सिनियर नेता श्रीधर पोखरेल भएकोले उनैलाई जिल्ला अध्यक्ष र दोस्रो बरियताको नेतामा तत्कालिन माओवादी केन्द्रका सचिव बलराम बलको नाम कार्यदलमा पठाउनेगरी आन्तरीक छलफल अघि बढाईएको छ ।
केहि नेताहरु साँसद रहेको र बाँकी चर्चामा रहेका मध्ये जनआन्दोलन देखिनै पार्टीमा योगदान दिएका र हालसम्म पनि कार्यकारी पदमा रहेर अवसर गर्ने मौका नपाएका पोखरेल र बलको संभावना बलियो रहेको नेकपाका एक नेताले जानकारी दिए ।
भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने छ ।
चर्चामा तत्कालिन नेकपा एमालेका पुर्व अध्यक्ष रामेश्वर राना,उपाध्यक्ष बद्री लम्साल ,सचिव एकलाल श्रेष्ठ, र तत्कालिन माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन रहेतापनि जिल्लाको नेतृत्व पोखरेल र बलले पाउने लगभग पक्का देखिएको नेकपाका नेताहरुको दाबी छ ।
