फेरि डुब्यो भक्तपुर

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १५:३६
file-photo

भक्तपुर, २० साउन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट अन्यन्त्र सार्ने सम्भावित स्थानमध्येको एक भक्तपुर फेरि डुबानमा परेको छ । गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुरका केहि स्थान फेरि जलमग्न भएको हो ।

मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको स्थानीयले दाबी गरे पनि प्रहरीले भने पहिले जस्तो डुबानमा नपरेको र आत्तिनु नपर्ने बताएको छ । वर्षाका कारण हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो । खोला कटानका कारण त्यहाँ रहेको पुल जोखिममा परेको छ । यस्तै बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको छ । यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*