समाचार
१३ बर्षीय पन्त मृत अवस्थामा फेला
कंचनपुर, ११ साउन । भिमदत्त नगरपालिका २ उल्टाखाम बस्ने दुर्गा पन्तकी छोरी १३ वर्षीया निर्मला पन्त शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । गएराति घरबाट हराएकी उनको स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा शव फेला परेको हो । घटनामा शंकास्पद रहेका २ जनालाई...
अबैध रुपमा सालको काठ चिर्दै गरेका ३ जनालाई प्रहरीद्वारा प्रक्राउ
कपिलवस्तु १२ साउन । कपिलबस्तु नगरपालिका ६ बर्मेलिटोलस्थित सखरहवा गाउँबाट अबैध रुपमा सालको रुख चिर्दै गरेको अभियोजमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थान बस्ने ४३ वर्षीय खिमबहादुर परियार समेत ३ जनालाई अबैध रुपमा चिर्दै गरेको १३ वटा सालको गोलिया काठ सहित प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो...
भारत सीमा क्षेत्रमा लुटिए तीन नेपाली युवक
भीमदत्तनगर, १२ साउन । भारत सीमा क्षेत्रमा तीन नेपाली युवक लुटिएका छन् । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका उनीहरु कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका हुन् । तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी...
थाहा नगरपालिकामा आइपीएम पाठसाला सकियो
मकवानपुर १२ साउन । मकवानपुरको थाहा नगरपालिकाको झम्केश्वरी आइपीएम एकीकृत शत्रुजीव व्यवस्थापन पाठशालाको एक समारोहकाबीच समापन गरिएको छ । कृषि तथा वन विश्व विद्यालय अनुसन्धान तथा प्रचार निर्देशनालय कृषि विभागको आयोजनामा भएको पाठशालाको १४ औं हप्तामा समापन गरिएको हो । समापनको अवसरमा कृषि प्राविधिक राजेन्द्र रेग्मीले रोग किराको विषयमा...
हेटौंडा राइडर्स क्लबले गर्यो धन्यवाद ज्ञापन
मकवानपुर १२ साउन । गत श्रावण ५ गते हेटौंडामा कोरा साइकलिङ कार्यक्रम सम्पन्न गरेको हेटौंडा राइर्डस क्लबले शनिबार हेटौडामा धन्यबाद कार्यक्रम गरेको छ । स्थानिय पर्यटन प्रवद्र्धन हुने तरिकाले कोरा कार्यक्रमको आयोजना सफल्तापुर्बक सम्पन्न गरेको भन्दै क्लबले कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यबाद तथा मायाको चिनो प्रदान गरेको हो । साइकलिङ...
गुरु पूर्णिमामा हेटौँडामा ८ जनालाई सम्मान
मकवानपुर, ११ साउन । पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरले आज ८ जनालाई हेटौँडामा सम्मान गरेको छ । गुरु पुर्णिमाका अवसरमा हेटौंडा ७ न्यूरेनीमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा पतञ्जली योग जिल्ला समितिकी पूर्व अध्यक्ष एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पतञ्जली...
मकवानपुरका सिडिओको बिदाई, व्यवसायीहरुलाई नियम संगत लैजान सुझाव
मकवानपुर, ११ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई मकवानपुर उद्योग वाणिज्य संघले आज बिदाई गरेको छ । बिदाईका क्रममा सिडिओ बुढाले व्यवसायीहरु पनि उपभोक्ता भएकोले व्यवसायलाई नियम संगत लैजान जरुरी रहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रजिअ बुढाले मकवानपुरमा आफ्नो ११ महिने सेवा रहेको र १६ वर्षे...
ट्राफिक अपडेट– मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यू
काठमाडौँ, ११ साउन । उपत्यकाको थापाथली, कालीमाटी, कोटेश्वर, जडिबुटी, थानकोट, बल्खु, कलंकी सडक खण्डमा चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । नागढुंगा नाका हुदै उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि चापमै चलिरहेका छन् । नागढुंगा नजिकै ढलान र धादिङको चिसापानी मोडमा सवारी साधन बिग्रीएका कारण चाप रहेको...
मनहरीमा भोल्टेज कम भएपछि धमाधम ट्रान्समिटर राखिदै
मकवानपुर, ११ साउन । मनहरी गाउँपालिका वडा नम्बर २ मा भोल्टेज कम भइरहने समस्या बढ्दै गएपछि सो समस्या समाधानका लागि नयाँ ट्रान्समिटर राख्ने कार्य सुरु भएको छ । वडा अध्यक्षको पहलमा समस्या समाधानको प्रयाश थालिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । भोल्टेजमा समस्या आएपछि व्यक्ति तथा अन्य...
राति हराएकी १३ वर्षीया बालिका उखुबारीमा मृत फेला
कंचनपुर, ११ साउन । कंचनपुरको भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने दुर्गा पन्तकी छोरी १३ वर्षीया निर्मला पन्त शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । गएराति घरबाट हराएकी उनको स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव फेला परेको हो । घटनामा शंकास्पद रहेका २ जनालाई प्रहरीले...










