विश्व आदिवासी दिवसका अवसरमा हेटौँडामा ३ दिवसीय कार्यक्रम हुने

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार ०८:०२

हेटौँडा, २२ साउन । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदै आईरहेको अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

यहि साउन २४ गते परेको २४ औँ विश्व आदिवासी दिवसका अवसरमा मकवानपुरको हेटौँडामा पनि ३ दिवसीय कार्यक्रम गरिने बारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा सहित नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौडामा ३ दिने विविध कार्यक्रमको आयोजना गरिने भएको हो ।

३ दिने कार्यक्रम अनत्गर्तत यही साउन २२ गते नेपाल आदिवासी जनजाति महासंघ, ३ प्रदेशको समन्वयमा नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरको आयोजनामा प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ नामकरणको माग गर्दै ¥यालिसहित कोणसभा गरिने भएको छ । त्यस्तै साउन २३ गते सम्बृद्धिका लागि बहुसंख्यक आदिवासी जनजातिको विकास मूलप्रवाहीकरण र सशक्तिकरण बिना प्रदेश नं. ३ को सम्बृद्धि सम्भव छैन भन्ने मुल अवधाराणामा रही आदिवासी जनजातिको मूलप्रवाहीकरण र संम्बृद्धिको गुरूयोजना तयार गर्न, प्रदेश नं. ३ लाई नेवाःताम्सालिङ नामकरण गरी, संविधान अनुसार नेवारी र तामाङ भाषालाई प्रदेश नं. ३ को सरकारी कामकाजको भाषा तोक्न, नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकोले संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व आदिवासी दिवसलाई प्रदेश सरकारले मनाउने व्यवस्था गर्न र विश्व आदिवासी दिवसको दिन सार्वजानिक विदा दिन साथै अन्तर्राष्ट्रिय मातृभाषा दिवस, बुद्धजयन्ती जस्ता दिवसहरुलाई प्रदेश सरकारको तहबाट मनाउने व्यवस्था गर्न लगायतको विविध माग सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अन्तिम दिन साउन २४ गते विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह हुने बताइएको छ । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै विभिन्न जातीय समुदायको साँस्कृतिक कार्यक्रम र झाँकीहरु प्रस्तुत गरिने समेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*