मकवानपुर प्रहरीको ज्यादती, गैरीगाँउमा अश्रुग्यास प्रहार, तरुण दल नगर अध्यक्ष गिरी सहित २ पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १६:३९

मकवानपुर २१ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका तरुण दल अध्यक्ष सुनिल गिरी सहित २ जनालाई पक्राउ गरेको छ । हिजो गैरीगाउँमा टिपरको ठक्करबाट एक जनाको ज्गान गएको थियो । सोहि विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिं नेतृत्वको टोली आज घटनास्थलमा टिपर लिनको लागि पुगेको थियो ।

स्थानीय तथा मृतक परिवारहरुले पहिला मृतक परिवारलाई क्षतिपुर्ती दिनुपर्ने र दोषिमाथी कारवाहि हुनुपर्ने माग राख्दै अवरोध गरेपछि मकवानपुर प्रहरीले बल प्रयोग गरेर टिपर जिल्ला लगेको स्थानीको गुनासो छ । अवरोधका क्रममा झडप भएपछि स्थानीय तथा मृतक परिवारमाथीनै प्रहरीले अश्रुग्यास प्रहार गर्दै स्थानीयलाई लाठी हानेको थियो ।

प्रहरीले मृतक परिवारलाई अन्याय गर्दै दोषिलाई नै प्रोत्साहन दिएको स्थानीयको भनाई छ । आफ्नै गाउँका सदस्यलाई सदाका लागि गुमाउनु पनि छ अनि प्रहरीको लाठि पनि खानु छ ,एक स्थानीयले रुँदै भने ।

त्यसैगरी प्रहरीले घटनामा सम्लग्न भएको भन्दै तरुण दल नगर अध्यक्ष सुनिल गिरी समेत २ जनालाई पक्राउ गरेको छ । घटनाका दोषिलाइ कारवाही र पिडितलाई न्याय प्रदान गर्न र सबैलाई सचेत गराउँन पुगेका तरुणदल नगर अध्यक्षमाथीनै प्रहरीले यस्तो हर्कत गर्नु लाजैमर्दो भएको र तत्काल रिहा नगरे आन्दोलनमा जाने तरुणदल मकवानपुरको चेतावनी छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिंले आफुहरुले अवरोध गर्नेलाई पक्राउ गरेको बताए । लठ्ठिचार्ज र अश्रुग्र्यास भने भिड शान्त पार्न गरिएको उनले बताए ।

कान्तिलोकपथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको थियो ।

मृतक न्यौपानेको शव परिवारले अहिलेसम्म जिम्मा  लिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*