टिपर काण्ड अपडेट– गिरीलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने तरुण दल मकवानपुरको चेतावनी

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १७:२१

मकवानपुर २१ साउन । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले पक्राउ परेका तरुण दल नगर अध्यक्ष सुनिल गिरीलाई मकवानपुर प्रहरीले तत्काल रिहा नगरे आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हिजो गैरीगाउँमा भएको टिपर काण्डको विषयमा मृतक परिवारमाथी क्षतिपुर्ती र दोषिमाथी कारवाहिको माग सहित घटनास्थल पुगेका गिरीलाई नै पक्राउ गर्दै प्रहरीले ज्यादती गरेको उनको भनाई छ ।

तु खबरलाई प्रतिक्रिया दिँदै अध्यक्ष पाठकले दोषिमाथी कारवाही र पिडितलाई क्षेतिपुर्तीको व्यवस्था हुनुपर्ने बताए । पक्राउ परेका गिरीको तत्काल रिहा नभए आफुहरु प्रहरी प्रशासनको ज्यादतीको विरुद्धमा आफुहरु आन्दोलनमा जाने बताए ।
उनले आफु जिल्ला प्रहरी कार्यालय मकवानपुरमा छलफलका लागि पुगेको र निर्दोष गिरीलाई प्रहरीले रिहा नगरे आन्दोलनको तयारी गर्ने बताए ।
घटनास्थलबाट गिरी सहित हरिशरण थापा र रणबहादुर श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कान्तिलोकपथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको थियो । मृतक न्यौपानेको शव परिवारले अहिलेसम्म जिम्मा नलिएको उनले लिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*