समाचार

सिंहदरबार २ प्रसारण सुरु, संघीय सरकारलाई सहयोग पुग्ने अपेक्षा

काठमाडौँ, १३ साउन । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको टेलिशृंखला सिंहदरबार–२ को प्रसारण साउन १२ गते शनिबारदेखि सुरु भएको छ । १३ भाग रहेको टेलिशृंखला नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म प्रसारण हुने भएको...

सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो

काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार कक्ष’ ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो । सरकारी कार्यालयले सबैलाई सूचना...

नक्कली पत्रिकामा विज्ञापन प्रकाशन गरेको भन्दै दैनिक पत्रका व्यवस्थापक रिजाल निलम्बित

बुटवल १३ साउन । पश्चिम नवलपरासीमा राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्रीसम्बन्धी काण्डमा बुटवल मिडिया प्रकाशन प्रा. लि. द्वारा प्रकाशित दैनिक पत्र दैनिकको ब्राण्ड दुरुपयोग गरेको भन्दै व्यवस्थापकलाई कारबाही गरेको छ । कम्पनीको टेण्डरसम्बन्धी विज्ञापन प्रकाशनका विषयमा नियमित पत्रिकामा प्रकाशन नगरी अर्को नक्कली पत्रिका तयार गरेर प्रकाशन गरेको भन्दै व्यवस्थापक...

आज विश्व बाघ दिवस, चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दै

काठमाडौं, १३ साउन । आज विश्व बाघ दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरु भइरहेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दै जानु चिन्ता विषय बनेको छ । आज परेको बाघ दिवस ‘समृद्धिका लागि बाघ संरक्षण’ भन्ने नारासहित मनाईंदैछ । वासस्थानका कारण बाघ संरक्षणमा चुनौती बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ...

लमजुङ प्रहरीलेद्वारा घरेलु मदिरा बरामद

लमजुङ १३ साउन । जिल्ला प्रहरी कार्यालय लमजुङले आज पाँच ग्यालिन भन्दा बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । लमजुङको सदरमुकाम बेशीसहरबाट घरेलु मदिरा बरामद गरिएको हो । प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री...

यस्तो छ आइतबारको विदेशी मुद्रा सटही दर

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विभिन्न मुद्राहरुको सटही दर फरक– फरक छन् । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अवस्थामा आजको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९...

काँग्रेस नेता आर्चायको गएराति निधन

नुवाकोट १३ साउन । नेपाली काँग्रेसले एक पुनारा नेता गुमाएको छ । गएराती काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको निधन भएसंगै काँग्रेसले होनाहार नेता गुमाएको हो । आचार्यको ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट लामो समयदेखि विमार उनको गएराती काठमाण्डौको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शनिबार साँझ...

राजनीतिक दलका प्रतिनिधिहरुले मागे नगरपालिकाको आयव्यय विवरण

लहान, १३ साउन । सिरहाको लहानमा स्थानीय राजनीतिक दलका प्रतिनिधिले गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा भएका योजनाहरुको आम्दानी र खर्चको विवरण शार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका...

मकवानपुरमा वर्षाका कारण ५ हजार परिवार खतराको सूचिमा

हेटौंडा, १३ साउन । साउन महिना लागेसँगै सुरु भएको भारी वर्षाका कारण मकवानपुरमा उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट) जारी गरिएको छ । वर्षाका कारण हुनसक्ने बाढीपहिरो र तथा अन्य प्राकृतिक विपत्तिका घटना भएमा तत्काल उद्दार र राहतको लागि मकवानपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला विपद व्यवस्थापन समिति...

मकवानपुरका सिडिओले बिदा हुँदै भने–‘मकवानपुरको बसाई यादगार रह्यो’

मकवानपुर, १३ साउन । मकवानपुरबाट सरुवा भएका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफ्नो मकवानपुर बसाई निकै यादगार रहने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले मकवानपुरको बसाई यादगार रहने र सबैको साथ पाएको बताएका हुन् । जिल्लामा रहँदा शान्ति सुरक्षाको...