३ नम्बर प्रदेशको वस्तुस्थिति विवरण सार्वजनिक

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार ०८:३६
file photo

मकवानपुर २३ साउन । ३ नम्वर प्रदेशको नीति तथा योजना आयोगले प्रदेश नम्बर ३ को वस्तुस्थिति विवरण २०७५ सार्वजनिक गरेको छ । मंगलवार एक कार्यक्रमकाबीच मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलले हेटौंडामा स्थितिपत्र सार्वजनिक गरेका हुन् ।

प्रदेश नीति तथा योजना आगोग गठन भएको ४५ दिन भिनमै प्रदेशको वस्तुस्थिति सम्बन्धी दस्तावेज तयार गरिएको हो ।

वस्तुस्थितिमा मुलत वि सं २०६८ को जनगणना प्रतिवेदन , केन्द्रिय तत्थ्याङक विभागका पछिल्ला सर्वेक्षण प्रतिवेदनहरु संघिय तथा प्रदेश मन्त्रालयले तयार पारेको विभिन्न दस्तावेजहरु तत्थ्याङक कार्यालयहरु त्था तत्कालीन जिल्ला तथा अन्य निकाय एवं प्राज्ञिक र व्यवसायीक अनुसन्धान प्रतिवेदन लगाएतको विवरण समावेश गरिएको योजना आयोजले जनाएको छ ।

आजको साझाकुरा राष्ट्रिय दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*