सप्तरीमा मोटरसाईकल पल्टदा चालकको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १६:५८
File Photo

सप्तरी२२ साउन । कंचनरुप नगरपालिका ११ स्थित राजमार्गमा स ८ प ६००३ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने ४५ वर्षीय थिरी चौधरी गम्भीर घाइते भएकोले उपचारको लागि धर्मेश्वर अस्पताल ठेलिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीको जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*