गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार ०८:१४

हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका निर्वाचित जनाप्रतिनिधिहरु लगायत विभिन्न सरोकारवाला व्यक्ति बुद्धिजिबीहरुबिच अन्तरक्रिया गर्न लागिएको संघका अध्यक्ष निरु थिङले जानकारी दिए ।

कार्यक्रम आज बिहान ११ बजे उद्योग बाणिज्य संघको सभाहलमा हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*