युवा दिवसका अवसरमा हेटौँडामा कार्यक्रम हुने

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १७:०५

हेटौँडा, २१ साउन । यही साउन २७ गते परेको अन्तराष्ट्रिय युवा दिवसका अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुका हरेक सवालहरुलाई समेट्नका लागि सरकोकारवाला पक्षलाई घच्घच्याउने उदेश्यले कार्यक्रम गर्न लागेको हो ।

जिल्ला युवा समितिमा आज भएको विभिन्न कार्यालयका प्रमुखहरुको बैठकले युवाको लागि सुरक्षित स्थान भन्ने मुलनाराका साथ कार्यक्रम गर्न लागिएको छ । गाउँ शहरमा रहेका उद्यमी युवाहरुको अनुभव र सरकारी निकायबाट युवाहरुलाई उद्यम गर्नका लागि सहयोग गर्ने उदेस्यका साथ कार्यक्रम गरिने जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताए ।

जिल्लामा रहेका विभिन्न सरकारी, गैरसरकारी संस्था, स्थानिय तहका जनप्रतिनिधिहरु, युवा उद्यमीहरु सहितलाई राखेर कार्यक्रम गर्न लागिएको अध्यक्ष चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*