प्रदेश ३ को प्रदेशसभा बैठक अझै अनिश्चित, काँग्रेसको माग यथावत
मकवानपुर, २१ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक थप अनिश्चित बन्दै गएको छ । साउन ३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि साउन ४ गते स्थगित भएको बैठक ‘अर्को सुचना जारी नभएसम्मका लागि’ भन्दै स्थगित भएको थियो । आजको प्रदेश दैनिकमा समाचार छ ।
सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग सम्बोधन नभएसम्म बैठक नबस्ने अडानमा नेपाली काँग्रेस रहेको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्नेमा आफ्नो अडान कायम रहेको बताउँदै आएका छन् ।
