कोठी चलाएको आरोपमा मकवानपुरकी एक युवती सहित २ जना पक्राउ
काठमाडौँ, २१ साउन । अवैध कोठी सञ्चालन गरेको आरोपमा मकवानपुरकी एक युवतीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पाटनकी २८ वर्षिया प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिया मन्दिरा तामाङ तितुङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत शुक्रबार उनीहरुले आफ्नो कोठामा एक युवतीलाई लगेर जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए । उक्त युवतीले आफुमाथि जबरजस्ति गर्न लगाएको आरोप लगाउँदै उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ । आफ्नो फ्लाटलाई उनीहरुले कोठी बनाएर वेश्यावृत्ति धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।
