एउटा यस्तो कार्यालय जहाँ सहयोगी प्रमुखको कुर्सीमा बस्छन्

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १२:२२

नविन चौधरी

कोल्हबी २१ साउन । कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित इलाका प्रशासन कार्यालय कोल्हबीका कार्यालय सहयोगी कार्यालय प्रमुखको कुर्सीमा बस्छन् । सेवा लिन आएका सेवाग्राहीलाई सेवा दिने कर्मचारी कार्यालयमा हुँदैनन् अनि कार्यालय सहयोगी कुर्सीमा बसेर सेवाग्राहीलाई दुख दिन्छन् । त्यसोत कार्यालय प्रमुखको कुर्सीमा बस्नेमात्रै होईन ,उनी जनताको काम गर्दा आफ्नै हस्ताक्षर पनि चलाउँछन् ।

कोल्हबी नगरपालिका वडा नम्बर ८ बस्ने रोशन खड्काले साउन २० गतेका दिन नेपाली राहदानीको लागि सिफारिस लिन आउदा कार्यालयको अधिकारिक ब्यक्तिले रुजु गर्ने ठाउँमा यस कार्यालयको करारमा नियुक्ति भएका कार्यालय सहयोगी ओम नारायण चौधरीले खड्काको नागरिकताको नक्कलमा आफ्नै नामको हस्ताक्षर प्रयोग गरी रुजु गरेर जिल्ला प्रशासन कार्यालय कलैयामा पठाइएको पाईएको छ ।

इलाका प्रशासन कार्यालय कोल्हबीका कर्मचारी मधुरेश कुमार साहसंग कार्यालय सहयोगीलाई अधिकार दिइएको छ कि छैन भन्ने प्रश्न गर्दा आज आफु अनुपस्थित रहेको र आफुलाई केहि पनि थाहा नभएको तथा यस बारे जिल्ला प्रशासन प्रमुखसंग जिज्ञासा राख्नको लागि भने । यस पश्चात जिल्ला प्रमुख गणेश प्रसाद भट्टराइसंग कुरा गर्दा यो गलत भएको हो र यस बारे आफु अनुसंधान गरी प्रकृया अगाडी बढाउने बताउदै यस्ता गतिबिधिहरु अगामी दिनहरुमा पनि चासो राखि खबर गर्नु सञ्चारमर्कीहरुलाई अनुरोध गरे ।

उक्त बिषयमा कोल्हबी नगरपालिकाको जन प्रतिनिधिहरुसंग कुरा गर्दा इलाका प्रशासन कार्यालय कोल्हबी नगरपालिकाको मातहतमा नरहेको बताउछन् । यस कार्यालयमा सेवा लिन जाँदा कार्यालय सहयोगीहरु अनुशासनमा नरहेको र कहिले सुब्बा बस्ने कुर्सीमा त कहिले कार्यालय प्रमुख बस्ने कुर्सीमा बसिरहेको एक सेवाग्राही नागेन्द्र चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*