मनहरीमा किशोर–किशोरीहरु सरसफाईमा जुटे
मकवानपुर, २१ साउन । मनहरी गाउँपालिका वडा नम्बर ७ मा सरसफाई किशोर–किशोरीहरु सरसफाईमा जुटेका छन् ।
एकता किशोर–किशोरि सञ्जाल मनहरी ७ को आयोजनामा सरसफाई गरिएको हो । मनहरि ७ बिजौनादेखि रमन्टारसम्म सञ्जालले सरसफाई गरेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।
सञ्जालले स्थानीयसँग जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै ९ ओटा डष्टबिन समेत वितरण गरेको छ । सरसफाईमा मनहरी गाउँपालिका वडा नम्बर ७ का सदस्य बिमला सुनार , राष्ट्रिय रोटरी मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सालिकराम बानियाँ , समाजसेवी गंगाराम बानियाँ लगायतको सहभागीता रहेको थियो ।
