समाचार

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

रामेछाप । करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्वर ८ स्थित गाइखुरामा करेन्ट लागेर भारतको मोतिहारी घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । १८ बर्षका अर्सद गाइखुरामा रहेको एसके मोटर वर्कशपमा कार्यरत थिए । घटनाबारे...

हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर । मदनभण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा थप एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा बस्ने वर्ष ५५ की एक जना महिला रहेको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डो सागर काफ्लेले जानकारी दिए । डा. काफ्लेका अनुसार, गत असार २० गते कोरोना पुष्टि...

मकवानपुरमा आज १०३ जना संक्रमणमुक्त, सबैभन्दा धेरै हेटौँडाका

मकवानपुर । मकवानपुरमा आज १०३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको १०३ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आज होमआइसोलेशनमा बसेका ९० जना र संस्थागत आइसोलेशनमा बसेका २३...

मकवानपुरमा मंगलबार ८४ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज ८४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज २६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज १८८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जनामा र ७८ जनाको एन्टीजेन परीक्षण...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले परीक्षाको तयारी थालेको हो । सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाका अनुसार, बोर्डले मागेको अनुमति...

माधव नेपाल सरकारमा नजाने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ । नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । माधव पक्षले प्राविधिक कारण देखाउँदै तत्काल सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार...

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय इन्द्रबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका उनको मंगलबार बिहान लडेर मृत्यु भएको हो । स्थानीयवासीले खबर...

मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गर्यो आइपीओ

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले फेरि आइपीओ जारी गरेको छ । आयोजना प्रभावित र सिन्धुलाल्चोक जिल्लाका वासिन्दाका लागि बैशाख २१ गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरिएको हो । कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो । जसका लागि कम्पनीले अहिले पुनः आईपीओ निष्कासन गरेको हो...

हात्तिलेटमा फुटबल चौर निर्माणको काम सुरु, सहयोग जुटाइदिन अपिल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ हात्तिलेटमा फुटबल चौर निर्माणको काम सुरु गरिएको छ । श्री समाजसेवा युवा क्लब हात्तिलेटको अगुवाइमा स्थानिय युवाहरूसंग आर्थिक सहयोग जुटाएर चौर निर्माणको काम सुरु गरिएको हो । उक्त चौर निर्माणका लागि स्थानीय र श्री समाजसेवा युवा क्लबले केही लगानी व्यवस्थापन गरेको भएपनि पर्याप्त...

प्रचण्डको सुरक्षा फेरि डीएसपीकै कमान्डमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाइएको छ । केपी शर्मा ओलीले घटाएको सुरक्षा ‘थ्रेट’ भएको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै बढाइएको हो । ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा रहेका डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको कमाण्डमा टोली खटाएको थियो । तर, देउवा...