मकवानपुरमा मंगलबार ८४ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज ८४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज २६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज १८८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जनामा र ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो ।
आज मकवानपुरमा कोरोना संक्रमितको संख्या ३१ प्रतिशत रहेको छ ।
यस्तै, आज जिल्लामा १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा आज कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
