हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मदनभण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा थप एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा बस्ने वर्ष ५५ की एक जना महिला रहेको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डो सागर काफ्लेले जानकारी दिए ।
डा. काफ्लेका अनुसार, गत असार २० गते कोरोना पुष्टि भई असार २६ गते अस्पताल भर्ना भएका उनको आज बिहान साढे ४ बजेको समयमा आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै हेटौँडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १०८ जना पुगेको छ । जसमा ३८ जना महिला र ७० जना पुरुष रहेका छन् ।
