समाचार
प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसंग कोटेश्वर पुगी भेट गरेका प्रचण्ड अहिले बालुवाटार पुगेका हुन् । नेता नेपालसंगको भेटमा भने जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव...
सर्तसहित कक्षा १२ को परिक्षा साउनभित्रै हुने
काठमाडौं । कक्षा १२ को वार्षिक परिक्षा संचालनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले राष्ट्रिय परिक्षा बोर्डलाई अनुमति दिएको छ । सिसिएमसीले परिक्षा संचालनको लागि विभिन्न सर्त राखेर बोर्डलाई अनुमति दिएको हो । बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान प्रविधि मन्त्रालयसंग परिक्षा संचालनको लागि अनुमति माग गर्दै आएको...
माधव पक्षले एमाले अध्यक्ष ओलीलाई स्पष्टिकरण नदिने
काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ माधव नेपाल पक्षले नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको उक्त निर्णयपछि माधव पक्षको छलफल...
एमाले अध्यक्ष ओलीसंग विप्लव नेताहरुको भेट
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र वास्तोलालगायतका नेताहरु पुगेका छन् । भेटमा विप्लव समूहले आफुहरुसंग भएको ३ बुँदे सहमति कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे प्रचण्ड कोटेश्वर पुगेका थिए । प्रचण्ड फर्किएलगत्तै नेपाल निवासमा जनता समाजवादी पार्टी...
सानिमा लाइफसहित ४ कम्पनीको आइपीओलाई धितोपत्र बोर्डको अनुमति
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसहित ४ कम्पनीको आइपीओले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता प्राथमिक शेयरसहित अन्य ४ कम्पनीको ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । बोर्डका अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७...
तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले...
लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि बिक्रि खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आज सम्म दिन पाइने जनाइएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये ८० करोड रुपैयाँ...
मोटरसाइकलको ठक्करबाट दाहालको मृत्यु
दमक । झापा गौरादहमा मोटरसाइकलको ठक्करबाटएक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहाल रहेको प्रहरीले जनाएको छ । गएराति गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलकको ठक्करबाट गम्भीर घाइते भएका उनको...
मकवानपुरमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन
मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड ८७ लाख ७५ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले गत आर्थिक वर्षको लागि ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा ५ अर्ब ५२ करोड ८२ लाख...










