मोटरसाइकलको ठक्करबाट दाहालको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १०:१९

दमक । झापा गौरादहमा मोटरसाइकलको ठक्करबाटएक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहाल रहेको प्रहरीले जनाएको छ ।

गएराति गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते छन् ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह४ का २८ वर्षीय भरत रिजाल र पछाडि बसेका सोही वडाका २६ वर्षीय रविन पौडेल पनि घाइते छन् । रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*