समाचार

मकवानपुरको भूमि आयोग खारेज

मकवानपुर । मकवानपुरको भूमि समस्या समाधान आयोग खारेज भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पूर्ण संरचना बन्द गर्ने निर्णय गरेपछि मकवानपुरको पनि कार्यालय खारेजीमा परेको हो । सरकारको उक्त निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तगीमा परेका छन...

११८९ रोगीले पाए बागमती प्रेदश सरकारद्वारा उपचार खर्च

मकवानपुर । गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका १ हजार १ सय ८९ जना क्यान्सररोगोले उपचारका लागि प्रदेश सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग प्राप्त गरेका छन् । प्रदेश सरकारले प्रदेशका क्यान्सररोगीलाई जनही ५० हजारका दरले उपचार खर्च सहयोग गरेको हो । क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख उपचार...

आज घरघरमा तुलसी रोपिँदै

मकवानपुर । आज तुलसी रोप्ने दिन । घरअगाडि एउटा सानो सिंगारिएको तुलसीको मोठ सनातन धर्मावलम्बीहरुको पहिचान हो। तुलसी बास्तवमै एउटा बहुउपयोगी र ओखतीजन्य वनस्पति हो । हरेक वर्ष निर्जला एकादशीका दिन सनातन धर्मावलम्बीले तुलसी रोप्ने गर्दछन् । कतिपय बनस्पति यस्ता छन्, जो मानव जीवनका निम्ति अत्यन्त महत्वपूर्ण मानिन्छ ।...

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सो पार्टीको वैठक हिजो पनि बसेको थियो । बैठक अपराह्न ३ बने तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्ने भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक यसअघि सोमबार पनि बसेको थियो । उक्त बैठकले...

मकवानपुरमा सिमेन्ट उद्योगले जथाभावी उत्खनन गर्दा आधा दर्जन गाउँ बाढी र पहिरोको जोखिममा

मकवानपुरमा सञ्चालित तीन ठूला सिमेन्ट उद्योगले जथाभावी खानी उत्खनन गर्दा आधा दर्जन गाउँ बाढी र पहिरोको जोखिममा छ। हेटौंडाको हटियास्थित शिवम् सिमेन्ट उद्योग, हेटौंडाको चुरियामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग र हेटौंडाको लामसुरेस्थित सरकारी उद्योग हेटौंडा सिमेन्ट उद्योगले आफ्ना खानीहरू जथाभावी उत्खनन गर्दा बाढी र पहिरोको जोखिम बढेको हो। ती...

देउवालाई विश्वासको मत दिने २२ सांसदसँग एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौँ । पार्टी निर्णय अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने भएको छ । केन्द्रीय कमिटीको सोमबारको दसौं बैठकले स्पष्टीकरण सोध्ने निर्णय लिएको हो । ‘फ्लोर क्रस गर्ने सांसदले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्छ, उहाँहरूले दिएको स्पष्टीकरणका आधारमा पार्टीले कारबाही गर्छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने,...

हेटौंडामा माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन

मकवानपुर । हेटौंडामा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको सोमबार पुत्ला दहन गरिएको छ । पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमालेनिकट युवा विद्यार्थीले नेता नेपाल र सांसद खतिवडाको पुत्ला दहन गरेका हुन् । ती युवा विद्यार्थीहरुले नेता नेपाल र सांसद...

वैदेशिक रोजगारीमा तीव्र गिरावट

काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन,...

किन ढल्दैन अल्पमतको सत्ता ?

काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन ९उपेन्द्र यादव समूह० मा सामेल भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको मत जम्मा ४१ अर्थात् अल्पमत छ। विपक्षी गठबन्धनसँग पनि सत्तापक्षकै बराबर ४१ मत छ। तर विपक्षीको दाबी...

हरायो नेपाल भित्रिएको ३ लाख डोज खोप

काठमाडौं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि...