मकवानपुरको भूमि आयोग खारेज

तु खबर संवाददाता
२०७८ श्रावण ५,मंगलवार ०९:३१
file-photo

मकवानपुर । मकवानपुरको भूमि समस्या समाधान आयोग खारेज भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पूर्ण संरचना बन्द गर्ने निर्णय गरेपछि मकवानपुरको पनि कार्यालय खारेजीमा परेको हो ।

सरकारको उक्त निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तगीमा परेका छन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा नेकपा (एमाले) का नेता देवी ज्ञवालीको नेतृत्वमा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । जिल्लामा एक अध्यक्ष सहित २ सदस्यलाई उपसचिव र अधिकत तहको सेवासुबिधा पाउने गरी नियक्त गरिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै आयोग खारेज भएको हो ।

राजनीतिक नियुक्ति भए पनि आयोगले भूमि सम्बन्धि धेरै काम अघि बढाइसकेको थियो । आयोगले देशभरका स्थानीय तहमार्फत् गरिएको प्रारम्भिक लगतअनुसार देशभर १४ लाख भूमिहीन परिवार रहेको निष्कर्ष निकालेको छ।

आयोग खारेज भएसँगै १४ लाख भूमिहीनले कहिले लालपुर्जा पाउँछन भन्ने विषयले चर्चा पाएको छ । सम्भवतः देउवा सरकारले अब छिट्टै नयाँ पदाधिकारीसहित भूमि समस्या समाधान आयोग पुनर्गठन गरी भूमिहीनका समस्या समाधान गर्ने विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*