एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सो पार्टीको वैठक हिजो पनि बसेको थियो ।
बैठक अपराह्न ३ बने तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्ने भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक यसअघि सोमबार पनि बसेको थियो ।
उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।
