लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि बिक्रि खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आज सम्म दिन पाइने जनाइएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
त्यसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।
१० वर्ष अवधिको ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ मा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।