घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १५:१८
सांकेतिक तस्वीर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४८ वर्षीय इन्द्रबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका उनको मंगलबार बिहान लडेर मृत्यु भएको हो ।

स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।