मकवानपुरमा आज १०३ जना संक्रमणमुक्त, सबैभन्दा धेरै हेटौँडाका

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १६:०८
filr-photo

मकवानपुर । मकवानपुरमा आज १०३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको १०३ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आज होमआइसोलेशनमा बसेका ९० जना र संस्थागत आइसोलेशनमा बसेका २३ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ६७ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ७ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, कैलाश गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ९ जना, ईन्द्रसरोवर गाउँपालिकाका १२ जना, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाका १/१ जना रहेका छन् ।

यससँगै मकवानपुरमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ११ हजार ४ सय ७१ जना पुगेको छ ।

त्यस्तै, आज जिल्लामा १८८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जनामा र ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २९ जनामा गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला आज कोरोनाका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।