समाचार

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे बागमती प्रदेश संसदीय दलको नेता चयन भएका छन् । दलको आज हेटौंडामा बसेको बैठकले पाण्डेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे...

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेको निरन्तर अवरोध भएपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा सभाको अवरोध...

बागमती प्रदेशसभामा नयाँ दल दर्ता (पत्रसहित)

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा नयाँ दल दर्ता भएको छ । आज (आइतबार) निर्वाचन आयोगबाट प्राप्त माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावलीसहितको पत्र प्रदेशसभामा दर्ता भएको हो । यससँगै बागमती प्रदेशसभा सचिवालयमा ८ वटा दलको सहभागिता रहेको छ । जसमा नेकपा एमाले, नेकपा...

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी कायमै राखेपछि सभामुखले सदन १५ मिनेटका लागि स्थगित गरेका हुन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै...

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी कायमै

काठमाडौँ । प्रतिनिधिसभाको आज आइतबार जारी बैठकमा पनि नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी सुरु गरेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु बेलमा आई नाराबाजी गरिरहेका छन्...

संखुवासभा हत्या प्रकरण – भतिजा लोकबहादुरले यसरी गरेका रहेछन् हत्या

संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीको (१३ दिन भित्रकै) भतिजा हुन् । सो घटनालाई लिएर प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको थियो । तर, घरमा भएको सम्पत्ति...

तीन बर्षकी बालिका मृत भेटिइन्

गुल्मी । गुल्मीमा तीन बर्षकी बालिका मृत भेटिएकी छिन् । मदाने गाउँपालिका वडानम्बर–२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि...

युवा शक्तिलाई उत्पादनमा जोडौँ, सहयोग गर्न तयार छौँ

लक्ष्मण उप्रेती, अहिले युवा सङ्घ मकवानपुरका संयोजक हुन् । नेकपा एमाले समर्थित युवाहरुको सङ्गठन युवा सङ्घको उनले नेतृत्व सम्हालेको धेरै भएको छैन । पछिल्लो विकसित राजनीतिक घटनापछि अहिले सो सङ्गठन जिल्लाभरि आफ्नो विस्तारको काममा क्रियाशील भइरहेको छ । ‘पछिल्लो राजनीतिक घटनापछि हामी हाम्रो सङ्गठनलाई थप परिमार्जित र मजबुद बनाउन...

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा सार्वजनिक विदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज (आइतबार) सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा आज सार्वजनिक विदा दिएको हो । गत बैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा सार्वजनिक विदा दिएको हो...

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) बिहान बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । सो बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारमा...