समाचार
दुर्घटनामा श्रेष्ठको मृत्यु, ९ जना घाइते
ओखलढुंगा । ओखलढुंगामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (आइतबार) दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठ रहेका छन् । दुर्घटनामा...
बागमतीका ३९ प्रतिशत नागरिकले अझै पाएनन् कोभिसिल्डको दोस्रो डोज
मकवानपुर । बागमती प्रदेशका ३९ प्रतिशत नागरिकले अझै पनि कोभिसिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् । गत वर्षको माघबाट सुरु भएको खोप अभियानको विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरुमध्ये अझै ३९ प्रतिशत नागरिकले दोस्रो डोज लगाउन नपाएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशका १३...
थप १४२३ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार ८ सय ७८ जनाको पीसीआर र ३ हजार १ सय ४० जनाको एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
वाइसीएल भीमफेदीको अध्यक्षमा बज्यू
मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) भीमफेदी गाउँपालिकाको अध्यक्षमा बुद्धिमान बज्यू चयन भएको छ । शनिबार बसेको भेलाले बज्यूको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले वाइसीयल भीमफेदीको उपाध्यक्षमा सुनिल कुमार लामा र अनोज विक, सचिवमा अनिता थापा, सह–सचिवमा दिपक आले र...
एमसीसी सम्झौता पारित गर्न ढिलो भयो – उपाध्यक्ष सुमार
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्न ढिला भएको बताएकी छिन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भएको बताएकी हुन् । सुमारले केही दिन...
नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नरहेको पत्र बुझायो
मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । एकीकृत समाजवादीको आज हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको नेता बसुन्धारा हुमागाईँले बताए ।...
बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
काठमाडौँ । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ डिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको...
आज नेप्से परिसूचक ७१ अंकले बृद्धि
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले वृद्धि भई २ हजार ९ सय ४७ दशमलव ४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९...
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक आह्वान गरेका हुन् । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे...
नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने
मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज हेटौंडा बसेको दलको बैठकले एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ...










