सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सापकोटाले सोमबारका लागि बैठक आह्वान गरेका हुन् ।
एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ ।
एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
