एमसीसी सम्झौता पारित गर्न ढिलो भयो – उपाध्यक्ष सुमार
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्न ढिला भएको बताएकी छिन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भएको बताएकी हुन् ।
सुमारले केही दिन अघि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसंग भेट गरी एमसीसीबारे कुराकानी गरेकी थिइन् ।
उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।
