माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राजधानीमा राष्ट्रिय सभागृहमा सुरु हुने माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार, एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा केही नेताहरुको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखत रुपमै राख्ने उनीहरुको तयारी छ । तर, माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी तयन रहेको बुझिएको छ ।
गत पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।
