प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १८:१८
file-photo

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो

बैठक आज साँझ साढे ६ बजेसम्मका लागि स्थगित भएको हो । साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ । आइतबार अपराह्नबाट सुरु भएको बैठकमा एमसीसीमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।