बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफल

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १०:१३
file-photo

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसीबारे कसरी कसरी अगाडि बढ्ने र गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी रहेका छन् ।