समाचार

नेपाली कांग्रेस : पौडेलले बोलाए आफ्नो समूहको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक आज (सोमबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको नेता मिनेन्द्र रिजालले जानकारी दिए । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागि बैठक बोलाइएको नेता रिजालले बताए । २० जिल्लाको क्रियाशील...

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका...

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्ने भएको हो । बैठक दिउँसो साढे २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुखका प्रेस...

बालमैत्री घोषणाको तयारीमा कैलाश गाउँपालिका

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीका लागि समिति गठन गरेको छ । ग्रामिण जागरण तथा विकास संगठन नेपाल मकवानपुरको आयोजना, प्लान इन्टरनेष्नल नेपाल र कैलाश गाउँपालिकाको समन्वयमा पालिकाको उपाध्यक्ष सुकुमाया थिङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा डा. सन्तोष कुरमा शाह,...

संविधान दिवस मनाउन मुल समारोह समिति गठन

मकवानपुर । आगामी असोज ३ गते संविधान दिवस मनाउन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री शाक्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय संविधान दिवस मुल आयोजक समिति गठन गरिएको हो । प्रदेशका मन्त्री, राज्यमन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित कार्यालयका...

हेटौंडामा शिक्षा नीति निर्माणमा नागरिकको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । डेक नेपालको आयोजनामा हेटौंडामा शिक्षासम्बन्धी नीति निर्माणमा नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । डेक नेपालले अमेरिकी दातृ निकाय यूएसएडको आर्थिक सहयोगमा परियोजना अन्तरगत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिक्षाको परिचय र महत्व, संविधानमा शिक्षा, मकवानपुरमा शैक्षिक अवस्था, शिक्षामा चुनौतीहरु तथा सुधार ल्याउन...

हेटौंडाका खड्का पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने राजकुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मकवानपुर जिल्ला अदालतको मिति २०७६ साल भदौ २६ गतेको फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन...

बागमती सरकार परिवर्तनबारे रणनीति बनाउन ९ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

मकवानपुर । निर्वाचन आयोगले दल विभाजनबारे जानकारी बागमती प्रदेशसभालाई गराएसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको छ । मुख्यमन्त्रीले शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलहरुको संयुक्त बैठक आज बिहान...

कांग्रेस मकवानपुरको १०२ वडाबाट १८३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित

मकवानपुर । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ । आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदिप कोइराला र अन्य पदाधिकारीसमक्ष...

हेटौंडाका युवालाई जर्सी सहयोग

मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् । युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का खेलाडीलाई जर्सी सहयोग गरेका हुन् । हेटौंडा–१५ को पनेश टोल विकास संस्था र ठूलो सुकौली टोल विकास...