बालमैत्री घोषणाको तयारीमा कैलाश गाउँपालिका

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार ०९:३२

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीका लागि समिति गठन गरेको छ ।

ग्रामिण जागरण तथा विकास संगठन नेपाल मकवानपुरको आयोजना, प्लान इन्टरनेष्नल नेपाल र कैलाश गाउँपालिकाको समन्वयमा पालिकाको उपाध्यक्ष सुकुमाया थिङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा डा. सन्तोष कुरमा शाह, श्रीकृष्ण भण्डारी, बालचन्द्र मल्ल, ज्योतिका कालाखेती, गिम्केश शाही ठकुरी, तारा थापा, अभिषेक घिसिङ, हिरामाया सुनार,हस्तराम नेगी, व्यास माविका प्रतिनिधि र कमला माविका प्रतिनिधि रहेका छन् ।

उक्त समितिले पालिकाभित्र रहेका बालश्रमिकको उद्दार, उनहिरुलाई शिक्षा, बाल उद्यान निर्माणलगायत का अन्य कामहरु गर्नेछ ।

यसै चालु आर्थिक वर्षमा पालिकालाई बालमैत्री तथा बालश्रममुक्त पालिका घोषणाका लागि काम गर्न पालिकास्थरीय समिति गठन गरिएको कैलाश गाउँपालिकाका बालमैत्री सहजकर्ता हस्तराम नेगीले बताए ।