समाचार
दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, आगामी असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने भएको हो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।...
नेकपा माओवादी हेटौंडा–४ को कार्यालय उद्घाटन
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नेकपा माओवादीका नेता तथा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) र नेकपा माओवादी हेटौंडा नगर इन्चार्ज विवेक राईले संयुक्त रुपमा पार्टीको ब्यानर खोलेर कार्यालय उद्घान गरेका हुन् ।...
राजस्व कार्यालय हेटौंडाद्वारा ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट
मकवानपुर । बागमती प्रदेश, आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८ करोड ३ लाख ९८ हजार बेरुजु फछ्योट गरेको राजस्व कार्यालय हेटौंडाका प्रमुख शालिकराम आचार्यले जानकारी दिए । उनका अनुसार,...
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल
मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ । सोही बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुँमागाइलाई चयन गरेको हो । उपनेता खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको...
मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कूल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । संक्रमणका कारण मनहरी गाउँँपालिकाका थप एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानवुरले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । जसमा सबैभन्दा धेरै...
विश्वशान्तिको लागि कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित
काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आइतबार सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले राष्ट्र आर्थिक रुपमा मात्र नभई आत्मिक रुपमा पनि बलियो हुनुपर्र्नेे बताए । उनले भने ‘शान्तिको लागि हामीलाई देशभक्त, इश्वरप्रतिको विश्वास र नागरिकहरुप्रती मायाको...
एमसीसी कुनै हालतमा लागू हुन दिन्नौँ : विप्लव
मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाले आज राजधानी काठमाण्डौंमा विरोधसभाको आयोजना गर्दै एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् । अमेरिकी सरकारले नेपाललाई एमसीसी परियोजना अन्तर्गत दिन लागेको सहयोगले नेपाललाई क्षति हुने बताउँदै सो पार्टीले यसको विरोध गरिरहेको छ । आज विप्लव नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न...
फरक धारमा हिडेको राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले फरक धारमा हिडेको राप्रपा अब कहिले नफुट्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक धारमा हिडेको राप्रपा अब नफुट्ने बताएका हुन् । उनले...
मकवानपुरमा १२२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ सय २२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर परीक्षण गर्दा ७...
दुर्घटनामा राईको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्पर ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् । आइतबार बेलुका पौने ५ बजे संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको...









