नेकपा माओवादी हेटौंडा–४ को कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १८:०९

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नेकपा माओवादीका नेता तथा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) र नेकपा माओवादी हेटौंडा नगर इन्चार्ज विवेक राईले संयुक्त रुपमा पार्टीको ब्यानर खोलेर कार्यालय उद्घान गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख आथिति छिन्तुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले देशमा आमुल परिवर्तन हुन्छ भने नेपाली जनताहरुले रकम संकलन गर्न तयार रहेको बताएका छन् ।

उनले नेपालको हित विपरीत भएको उल्लेख गर्दै एमसीसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर गरे । उनले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताउँदै एमसीसी मार्फत आउने भनिएको ५५ अर्ब रकम ३ करोड रुपैयाँ नेपाली जनताको टाउको गन्दा प्रतिव्यक्ति १ हजार ८ सय भागमा पर्ने बताए ।

माओवादीका नेता हरिप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा दीर्घनारायण भट्टराई, प्रदेश कमिटी सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोखरेल, महिला नेत्री नमुना पाण्डेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिवालय सदस्यहरु क्रमशः कमान सिंह पाख्रीन, नगर अध्यक्ष तिर्थबहादुर थापा, जिल्ला सदस्य जङ्गबहादुर विक, रिनेश श्रेष्ठ, ४ नम्बर वडा इन्चार्ज लवराज ठकुरी, मनकादेवी थापा, शान्ती श्रेस्ठ, अञ्जली थापालागायतको उपस्थिति रहेको थियो ।